
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने पूर्वानुमान गरेको छ ।
विभागका अनुसार नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहने जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय र पश्चीमी न्यूनचापीय कुनै प्रणालीको प्रभाव छैन ।
देशका पहाडी भूभागका केही क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना छ तर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया