
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भएको छ । यी स्मार्टफोनहरू अल्ट्रा–टफ डिजाइन, टिकाउपन र उच्च प्रदर्शनका लागि निर्माण गरिएको कम्पनीकिो भनाइ छ ।
आर्मरशेल प्रोटेक्सन, आईपी रेटेड डस्ट एण्ड वाटर रेजिस्टेन्स, शक्तिशाली यूनिसोक टी ६१२ प्रोसेसर र ५००० एमएएच ब्याट्री सहित यी स्मार्टफोनहरूले उत्कृष्ट प्रदर्शन गर्ने कम्पनिले जानकारी दिएको छ । ४८–महिनाको फ्ल्युएन्सी सर्टिफिकेसन सहित रियलमीले स्मूथ कार्यक्षमता सुनिश्चित गर्नेछ ।
रियलमी नोट ६० र रियलमी नोट ६० एक्स मा ८ प्रकारका प्रोटेक्सन प्रविधिहरू समावेश रहेका छन् जसमा मेटल, फोम र सिलिकन सामग्रीहरूको प्रयोग गरिएका छन् । रियलमी नोट ६० मा आईपी ६४ रेटेड डस्ट एण्ड वाटर रेजिस्टेन्स सुविधा पनि रहेको छ भने रियलमी नोट ६० एक्सले आईपी ५४ प्रमाणपत्र पाएको छ जसले अनपेक्षित दुर्घटनाबाट फोनलाई सुरक्षित राख्छ ।
अत्याधिक सहनशीलता र गुणस्तरीय परीक्षण
यी स्मार्टफोनहरू ३२० भन्दा बढी कडा गुणस्तरीय परीक्षणहरू पार गर्दै बनेको कम्पनीले जनाएको छ । १०,००,००० पटक बटन प्रेस परीक्षण, ४०,००० पटक युएसबी प्लग इन र अनप्लग परीक्षण, २१ दिनसम्म उच्च तापक्रम (६५ डिग्री सेल्सियस) परीक्षण र १४,००० पटक माइक्रो ड्रप परीक्षण सहितका टियुभी राइनल्याण्ड उच्च विश्वसनीयता प्रमाणपत्रद्वारा यी स्मार्टफोनहरु प्रमाणित गरिएका छन् ।
शक्तिशाली ब्याट्री
५००० एमएएचको शक्तिशाली ब्याट्री सहित दुबै स्मार्टफोनहरूले लामो समयसम्म पावर प्रदान गर्छन् । रियलमी नोट ६० मा ३२ घण्टासम्मको भ्वाइस कल टाइम र रियलमी नोट ६० एक्समा ४८ दिनसम्मको स्ट्यान्डबाइ मोडको क्षमता रहेको छ । १००० पटकको चार्ज साइकल पूरा गरेपछि पनि ब्याट्रीको हेल्थ ८०% कायम रहने कम्पनीको दाबी छ । स्ट्रीमिङ, गेमिङ वा मल्टीटास्किङमा पनि रियलमी नोट ६० र रियलमी नोट ६० एक्स लगातार प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
शक्तिशाली प्रोसेसर र सहज भिजुअल अनुभव
यी दुबै स्मार्टफोनहरू शक्तिशाली यूनिसोक टी ६१२ चिपसेटद्वारा सञ्चालित छन् जसले २,५२,५९७ एन्टुटु बेन्चमार्क स्कोर हासिल गरेका छन् । रियलमी नोट ६० मा ३२ मेगापिक्सेल सुपर क्लियर क्यामेरा रहेको छ जसले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्छ । रियलमी नोट ६० एक्स मा ६.७ इन्चको ९० हर्ज आई कम्फर्ट डिस्प्ले छ जसले स्मूथ र भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्छ ।
प्रतिक्रिया