
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तामाथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
कांग्रेसको राप्ति सोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन् ।
नेता डा.कोइरालाले भने- ’ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नविकरण गराउनुस् ।’
सबै तहका कांग्रेस कार्यकर्ताहरु पार्टीको विधानअनुसार अघि बढ्न निर्देशनसमेत दिए ।
ब्यक्ति बलियो होइन संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताएका छन् ।
निरन्तर जिल्ला भ्रमणमा रहेका उनी शनिबार नेपालगन्जमा आईपुगेका हुन् ।
प्रतिक्रिया