काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका १०८ कर्मचारीको एकैपटक सरुवा भएको छ।
दुई तहदेखि सात तहसम्मका कर्मचारीहरुको सरुवा भएको हो । वितरण तथा ग्राहक सेवा निर्देशनालयलाई प्राधिकरणको ‘ब्याक बोन’ का रुपमा हेरिन्छ ।
तह दुई का दीपक बहादुर ड्का बाजुरा वितरण केन्द्रबाट अछाम वितरण केन्द्र सरुवा भएका छन् । तह दुईको ५ जना, तह तीनको १७ जना, तह चारको ४३ जना, तह पाचको ३९ जना, छ तहको २ जना र ७ तहको ४ जना कर्मचारीको सरुवा भएको छ ।
तह ७ का इलेक्ट्रिकल इन्जिनियर सौरभ कुमार गुप्ता गौर वितरण केन्द्रबाट लगनखेल वितरणकेन्द्र सरुवा भएका छन् ।
प्रतिक्रिया