आज एकै दिन तोलामा २७ सयले घट्यो सुनको मूल्य, कति पुग्यो ?


काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकामा आज सुनको मूल्य १ लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय ३० रुपैयाँ तोकिएको छ।