‘भ्यालेन्टाइन’ मा पनि छैन गुलाफको व्यापार (तस्बिरहरु)


काठमाडौं । माया र प्रेम गर्नेहरूको पर्वनै भन्ने गरिन्छ भ्यालेन्टाइन डे (प्रणय दिवस) । फेब्रुअरी १४ आउने बित्तिकै रातो गुलाफ रङ्गीचङ्गीका फूल प्रेमी प्रेमिकाहरूले एकअर्कालाई दिने गर्दछन् ।

काठमाडौंको कमलादीमा फूल पसलमा पोहोर परारको जस्तो भिडभाड छैन । आर्थिक मन्दीका कारण प्रेममा पनि आर्थिक मन्दी लागेको जस्तो देखिएको व्यवसायी बताउँछन् । प्राय पसलहरू सुनसान देखिएका छन् ।

गुलाफको फूल १०० देखि १५० सम्म र गुलाफको बुके ५०० देखि २००० सम्ममा बिक्री भइरहेको छ । त्यस्तै मिक्स ५०० देखि १५००मा बिक्री भइरहेको छ। नेपालमै उत्पादन हुने भए पनि फूलहरू भारतबाट आयात गर्नुपरेको व्यापारीहरू बताउँछन् ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी ।