![](https://clickmandu.com/wp-content/uploads/2025/02/thumbnail_SS-4-768x514.jpg)
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य नाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको २१.०५ प्रतिशत लाभांश पारित गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री गोविन्द लाल संघईको अध्यक्षतामा आज मिति २०८१ साल माघ २८ गते होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको छ ।
सभाले अध्यक्ष गोविन्द लाल संघईले प्रस्तुत गरेको आव २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
२०८१ असोज मसान्तसम्ममा कम्पनीको लगानी २ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २ खर्ब ८ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब बढी रहेको छ । कम्पनीले हालसम्म २ खर्ब ८८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने ८४ अर्ब दावी भुक्तानी गरेको छ ।
प्रतिक्रिया