सेयर स्वामित्व घटाउँदै नेपाल लाइफका ठूला सेयरधनी, कसको कति ?


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका ठूला सेयरधनीले स्वामित्व घटाउन थालेका छन् । कम्पनीमा १२ जना व्यक्ति ठूला सेयरधनी रहेका छन् । जसमा ५ जनाले आफ्नो स्वामित्वमा रहेको सेयर घटाएका छन् ।

कम्पनीका अनुसार असार मसान्तसम्म स्वामित्व घटाउनेमा सुवाश चन्द्र संघई, रामचन्द संघई, पवन कुमार गोल्याण्ड, पुरुषोत्तम लाल संघई र सुशिल गुप्ता रहेका छन् । कम्पनीमा अघिल्लो असार मसान्तसम्म सुवाश चन्द्र संघईको ६.२९ प्रतिशत रहेको थियो । गत आवको असार मसान्तसम्ममा ६.१८ प्रतिशत रहेको छ ।

यस्तै रामचन्द्रको ३.४८ प्रतिशतबाट घटाएर ३.३९ प्रतिशत, गोल्याणको ३.३७ बाट घटाएर ३ प्रतिशत, पुरुषोत्तमको ३.०४ प्रतिशतबाट घटाएर २.९४ प्रतिशत र गुप्ताले १.४१ प्रतिशतबाट घटाएर १.३७ प्रतिशतमा झारेका छन् ।

कम्पनीका अनुसार नेपाल लाइका ठूला सेयरधनीमध्येका गोविन्द लाल संघईको ५.३७ प्रतिशत, अनुुज अग्रवालको ४.८६ प्रतिशत, विशाल अग्रवालको ३.५० प्रतिशत, वाशुदेव गोल्याणको २.३८ प्रतिशत, कभिता संघईको १.९६ प्रतिशत र मञ्जु अग्रवालको १.६२ प्रतशत रहेको छ भने गुुप्ताको १.३७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।