
काठमाडौं । ललितपुर महानगरपालिका–१२ पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति माई होङ्ग किन्हालन रहेको प्रहरीले जनाएको छ ।
बिहीबार अपहरणमा परेको भन्दै बालक जिरे (पल चेपाङ) की आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प्रहरीले बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरेको हो।
अनुसन्धानका क्रममा आरोपीले बालकलाई सो गेस्टहाउसमा बन्धक बनाएको खुल्न आएको छ ।
होटलबाट उद्धार गरिएका बालकलाई भारतको पञ्जाब लैजाने तयारी रहेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया