नेपाल बिमक संघ अध्यक्षमा क्षेत्री निर्विरोध निर्वाचित

154
Shares

काठमाडौं । नेपाल बिमक संघको अध्यक्षमा वीरेन्द्र वैदवार क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।

संघको निर्वाचन समितिले उमेदवारी दर्ताको लागि आह्वान गरेकोमा अध्यक्षको लागि क्षेत्रीको मात्रै उमेदवारी परेको हो ।

अध्यक्षसहित सबै पदमा आवश्यक एक–एक जनाको मात्रै उमेदवारी परेकोले संघको सबै कार्यासमिति निर्विरोध निवाचित भएको हो ।

संघ अध्यक्षमा क्षेत्रीको उमेदवारी पर्दा उपाध्याक्षमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्का, महासचिवमा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र कोषध्याक्षमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त वादे श्रेष्ठको उमेदवारी दर्ता भएको छ ।

संघको कार्यसमिति सदस्यको लागि प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य, ओरेन्टल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत टोटोन चक्रवर्ती र हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठको उमदेवारी दर्ता भएको हो । निवार्चन समितिले उमेदवारी दर्ताको लागि दिएको समयमा सबै पदमाआवश्यकता भन्दा बढी उमेदवारी नपरेकोले सबै पदमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

आज साँझ हुने संघका वार्षिक साधारणसभामा निर्वाचन समितिले निर्वाचित कार्यासमितिको नाम घोषणा गरी सपथ ग्रहण गराउनेछ । संघको हालको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री छन् ।