काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा दिउँसो वर्षासहित हिमपात हुने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार ति प्रदेशमा रातिको समयमा पनि वर्षा हुने सम्भावना छ । यसबाहेक प्रदेशको भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको जनाएको छ । दिउँसो बढेर २१ देखि २२ डिग्री सेल्सियससम्म पुग्नेछ ।
प्रतिक्रिया