कर्जाको ब्याजदर ३९ महिना यताकै सस्तो


काठमाडौं । वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर ३९ महिना यताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा बैंकहरुले कर्जा प्रवाह गर्दा लिने भारित औषत ब्याजदर ८.६९ प्रतिशत थियो ।

३९ महिना पछि अर्थात पुस मसान्तसमा पनि बैंकहरुको भारित औषत ब्याजदर ८.६९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत रहेको छ ।

यस्तै विकास बैंकहरुको १०.१० प्रतिशत र वित्त कम्पनीहरुको ११.१० प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११.३८ प्रतिशत, विकास बैंकहरुको १३.१४ प्रतिशत र वित्त कम्पनीहरुको १४.०९ प्रतिशत रहेको थियो ।

यस्तै २०८१ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशत रहेको छ । यता विकास बैंकहरुको ५.५६ प्रतिशत र वित्त कम्पनीहरुको ६.६६ प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरुको ८.५५ प्रतिशत र वित्त कम्पनीहरुको ९.६२ प्रतिशत कायम भएको थियो ।

२०८० पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.३७ प्रतिशत रहेको थियो । २०८१ पुसमा २.८१ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० पुसमा २.८६ प्रतिशत रहेकोमा २०८१ पुसमा ३ प्रतिशत थियो ।

२०८१ पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरुको ८.६१ प्रतिशत र वित्त कम्पनीहरुको ९.५० प्रतिशत रहेको थियो ।
२०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरुको १२.७७ प्रतिशत रहेको थियो ।

Skip This