![](https://clickmandu.com/wp-content/uploads/2024/12/husu_kuhiro_chiso_mausam1-768x403.png)
काठमाडौं । सात प्रदेशमध्ये कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा शनिबार आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
बिहान देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया