कठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
त्रिपाठीविरुद्ध शुक्रबार अवहेलना मुद्दा दर्ता गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपकुमार श्रेष्ठले जानकारी दिए ।
न्यायाधीशविरुद्ध प्रश्न उठाउने र अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध उदयपुरका दिलबहादुर राईले अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा पीडितको पक्षबाट बहस गरेर निस्किएका त्रिपाठीमाथि आक्रमण भएको थियो ।
आफूविरुद्धको आक्रमणको विषयमा मिडियामा बोल्ने क्रममा न्यायाधीशविरुद्ध समेत उनले प्रश्न उठाएका थिए ।
जानीजानी अदालत तथा न्यायाधीशको अपमान हुने गरी दिएको अभिव्यक्ति अक्षम्य अपराधजन्य कार्य भएकाले उनलाई झिकाई बयान गराई स्वंयलाई तारिखमा बस्नुपर्ने, वारेस समेत राख्न नपाउने गरी आदेश गरी हदैसम्मको सजाय गराउन माग गरिएको छ ।
प्रतिक्रिया