काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्ड आयन भी का दुई भेरियन्टहरु सार्वजनिक भएको छ ।
सिजी मोटर्सले मंगलबार एक कार्यक्रमबीच आयन भी को लक्जरी र एलाईट गरी दुई भेरियन्ट सार्वजनिक गरेको हो ।
एलाईट भेरियन्ट्ले ५२० किलोमिटरको रेन्ज दिन्छ । जुन ६२.७ किलोवाट प्रति घण्टा क्षमताको म्यागजिन ब्याट्रीबाट सञ्चालित छ । जसले उत्कृष्ट कार्यक्षमता र भरपर्दो प्रदर्शन गर्ने कम्पनीको दाबी छ ।
लामो यात्रा चाहनेहरूका लागि लक्जरी भेरियन्ट उपयुक्त छ । यसले ६५० किलोमिटर रेन्ज दिन्छ । जसमा यस सेग्मेन्टको सबैभन्दा बढी ७५.३ किलोवाट प्रति घण्टा क्षमताको म्यागजिन ब्याट्री समावेश छ ।
लक्जरी भेरियन्टमा पहिलो पटक यस सेग्मेन्टको गाडीमा ड्राइभर र को-ड्राइभर बस्ने यात्रुका लागि आठ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इन-बिल्ट फ्रिज समावेश गरिएको छ । जसले लामो यात्रामा आराम सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
दुवै १५ विभिन्न स्मार्ट ड्राइभिङ फङसन, म्यागजिन ब्याट्री, ७ एयरब्यागर फराकिलो तथा आरामदायी इन्टेरियर समावेश छ ।
यो एसयूभीले ५खस्टार सुरक्षा मापदण्ड पनि प्राप्त गरेको छ । जसले यसको उत्कृष्ट सुरक्षा क्षमतालाई प्रमाणित गर्दछ । साथै स्मार्ट टेलगेट ओपनिङ, ड्राइभ क्षमता बढाउन इनडसट्रि-अग्रणी हीट पम्प र ड्राइभर तथा अगाडिको यात्रुको लागि हिटेड र भेन्टिलेटेड सिटजस्ता सुविधाहरू छन् ।
आयन भी को मूल्य इलाइट भर्सनको ६४ लाख ९९ हजार रुपैयाँ राखेको छ भने लक्जरी भर्सनको ६९ लाख ९९ हजार रुपैयाँ
छ ।
चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाण कुमार चौधरीले उद्घाटन कार्यक्रमको उद्घाटान गरेका थिए । कार्यक्रममा आयनका प्रमुख पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो, जसमा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो ।
ड्यानियल चोउलेआयन वाई भेरियन्टको नेपालमा प्राप्त सफलताको बारेमा चर्चा गरेका थिए । उनले उक्त सफलताबाट प्रेरित हुँदै अत्याधुनिक आयन भी सार्वजनिक गरिएकोमा जोड दिए ।
निर्वाण चौधरीले आयोज भी नेपालमा लोकप्रिय हुने दाबी गरे । यो सुरक्षित र लक्जरी भएकाले नेपाली बजारमा हिट हुने उनको भनाई छ ।
आयनले चीनमा गुणस्तरको हिसाबले नम्बर १ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको छ । उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको दाबी गरिएको छ ।
नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्रहरु र काठमाडौँको बागडोलमा स्थित प्रमुख सेवा केन्द्र मार्फत सीजी मोटर्सले आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
२४० स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको सिजी मोटर्सको सम्पूर्ण जानकारी सिजी क्यारेस एपबाट लिन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया