बिवाईडीको जम्पिङ सुपरकार ५ महिनामा १०० युनिट बिक्यो


काठमाडौं । विश्व चर्चित ब्राण्ड बिवाईडीले आफ्नो चर्चित याङवाङ  यु नाइन जम्पिङ सुपरकार १०० युनिट डेलिभरी भएको छ । ५ महिनामा कम्पनीले ५०० युनिट बेचेको हो ।  कम्पनीले ५ महिनाको छोटो अवधिमा ठूलो उपलब्धी हासिल गरेको दाबी गरेको छ ।

याङवाङ पावरफुल सुपरकार हो । जसले आफ्नो जम्पिङ क्षमताका कारण  लोकप्रियता कमाएको छ । यो प्रविधिले गाडीलाई अफ्ठ्यारो सतहमा उफ्रन सक्ने बनाएको छ । यो सुपरकारमा शक्तिशालि इलेक्ट्रिक मोटरहरु, अत्याधुनिक डिजाइन र विलासी सुविधाहरु छन् ।

यो कार २०२४ को फेब्रुअरीमा चिनियाँ बजारमा आएको हो ।  सेप्टेम्बरबाट डेलिभरी सुरु भएको थियो । सेप्टेम्बरमा १६ युनिट, अक्टोबरमा १७ युनिट, नोभेम्बरमा २४ युनिट र डिसेम्बरमा २४ युनिट डेलिभरी भएको छ  । गत वर्ष कुल ८१ युनिट बिक्री भएको हो । बाँकी १९ युनिट २०२५ को जनवरीमा बिक्री भएको हो ।

यो कार १ लाख ७५ हजार ८०० अमेरिकी डलर पर्छ ।

याङवाङ चीनमा उच्च माग हुनु स्वभाविक हो किनभने कम्पनीले निकै मिहिनेत गरेर प्रचार प्रसारण गरिरहेको छ । । यो कार ३९१ किमी/घण्टा कुदाउन सकिन्छ ।  यसमा  सेल्फ ड्राईभिङ मोड समेत छ । यसमा डिसस एक्स सस्पेन्सन र हाइड्रोलिक प्रणाली छ । जसले गाडीलाई तीन पांग्रामा चलाउन, जम्प गर्न र नाच्न सक्ने बनाउँछ ।

यी फिचरहरुका कारण गाडी अनौठो र मनोरञ्जनात्मक छ ।  प्रयोगकर्ताले यो कारमा भएका फिचर प्रयोग गर्दा ट्राफिक नियम उल्लघंन गरेका छन् । पुलिसले याङवाङ यु नाइन चालकलाई धेरै पटक जरिवाना गरेको छ ।

यो कारमा चार इलेक्ट्रिक मोटर छ । जसले सयुक्त रुपमा ९६० किलोवाट (१२८७ हर्सपावर)  र १६८० एनएम टर्क जेनेरेट गर्छ । ०-१०० किमी/घण्टा २.३६ सेकेण्डमा पुग्छ ।  ८० किलोवाट आवरको ब्याट्री प्याक छ । ४६५ किमीसम्म रेन्ज दिन्छ । १० मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यो कारले दुईवटा चार्जिङ गनलाई एकैपटक प्लग इन गर्न अनुमति दिन्छ ।