नेपाली बजारमा ईभीको ‘क्रेज’: गत वर्षभन्दा ३७ करोड बढीको आयात


काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ५ हजार ४ सय ८० युनिट विद्युतीय सवारीसाधन आयात भएको छ । गत वर्षको यहि अवधिको तुलनामा ३७३ युनिट विद्युतीय सवारी आयात बढेको हो ।

यो अवधिमा कार, जीप र भ्यान गरी १३ अर्ब १० करोड रुपैयाँ बराबरको आयात भएको हो । यसबाट सरकारले ८ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्ष यहि अवधिमा ५ हजार १०७ युनिट सवारी आयात भएको थियो । १२ अर्ब ७३ करोड रुपैयाँ बराबरको कार, जीप र भ्यान आयात भएको हो । ५ अर्ब ६७ करोड रुपैयाँको राजस्व संकलन भएको थियो ।

भन्सार विभागकाअनुसार ५० किलोवाटसम्मका कार, जीप र भ्यान १ हजार ७ सय २५ युनिट आयात भएको छ । ३ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात भएको हो । यसबाट १ अर्ब ३५ करोड रुपैयाँ राजस्व उठेको छ ।

यो अवधिमा ५१ किलोवाट देखि १०० किलोवाटसम्मको कार, जीप र भ्यान ३ हजार १ सय ९१ युनिट आयात भएको छ ।  यो ७ अर्ब ९६ करोड रुपैयाँ  बराबरको हो । जसबाट ५ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

१०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ५ सय ५३ युनिट आयात भएको छ । यो १ अर्ब ९५ करोड रुपैयाँ बराबरको हो । यसबाट १ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।  

२०१ देखि ३०० किलोवाटसम्मको ९ युनिट आयात भएको छ । यो ६ करोड २१ लाख रुपैयाँ बराबरको हो । जसबाट  ९ करोड ७ लाख रुपैयाँ बराबरको आयात हो ।

३०० किलोवाटमाथिका २ युनिट सवारी आयात भएको छ । जुन ८३ लाख २३ हजार ८८ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।