काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा मात्रै निर्यात दर १५.२४ प्रतिशतले बृद्धि भएको छ ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको पहिलो ६ महिना(साउनदेखि पुस) को तथ्याँकअनुसार पुस महिनामा निर्यातको दर १५.२४ प्रतिशतले बढेको हो । पुस महिनामा मात्रै २५ अर्ब १२ करोड ९४ लाख रुपैयाँबराबरको विभिन्न वस्तु निर्यात भएको छ ।
अघिल्लो आर्थिक वर्षको समिक्षा अवधीको तुलनामा भने चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा भने ३१.७८ प्रतिशतले निर्यात दर बढेको हो ।
जसअनुसार यो ६ महिनाको अवधीमा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँबराबरको नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएको छ ।
नेपालले यो ६ महिनाको अवधीमा सबैभन्दा बढी सोयाविन क्रुड आयल निर्यात गरेको छ । जसअनुसार १८ अर्ब ९० करोड ९९ लाख रुपैयाँबराबरको ९ करोड ९ लाख ८३ हजार किलो भारतमा निर्यात गरेको छ ।
यसैगरी दोश्रोमा सनफ्लावर क्रुड आयल र सनफ्लावरको वीउ पनि भारतमा निर्यात भएको छ । ४ अर्ब ९८ करोड ४८ लाख रुपैयाँबराबरको २ करोड १२ लाख ६८ हजार लिटर यस्तो तेल भारतमा निर्यात भएको छ ।
तेश्रोमा ४ अर्ब ५५ करोड ७० लाख रुपैयाँबराबरको २६ लाख ६८ हजार किलो ठूलो अलैंची भारततर्फ नै निर्यात भएको छ । यसैगरी अमेरिकामा ३ अर्ब ३१ करोड ५७ लाख रुपैयाँबराबरको १ लाख ९२ हजार स्क्वायर मिटर कार्पेट र भुईमा ओछ्याउने टेक्सटाइल फ्लोरिंग कभर निर्यात भएको छ ।
पाँचोमा भारततर्फ नै २ अर्ब ८० करोड ५५ लाख रुपैयाँबराबरको १ करोड ९ लाख ६४ हजार किलो कालो चिया निर्यात भएको थियो ।
प्रतिक्रिया