नयाँ भर्सनको दीपल एस जेरो सेभेन एल, कति पर्छ मूल्य ?



काठमाडौं । एमएडब्लू वृद्धिले अपग्रेडेड इलेक्ट्रिक एसयुभी डीपल एस जेरो सेभेन एल (S07L) सार्वजनिक गरेको छ । नेपालमा एस जेरो सेभेन ७५० युनिट बिक्री भएको छ ।  

 दीपल एस जेरो सेभेन एलमा उन्नत प्रदर्शन, विस्तारित दायरा र अत्याधुनिक सुविधाहरू रहेको कम्पनीले दाबी गरेको छ ।

एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, डीपलका स्टार ब्रान्ड एम्बेसडर र क्यानका सचिव पारस खड्का र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाद्वारा डिपल एस जेरो सेभेन एल अनावरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले प्रिमियम उत्पादन, उन्नत प्रविधि र उत्कृष्ट आफ्टर सेल्स सेवाहरू मार्फत् ग्राहक अनुभवहरू बृद्धि गर्ने एमएडब्लूको प्रतिबद्धतामा दोहोर्‍याए । ‘हामीले ९१ वटा चार्जिङ स्टेशनहरू स्थापना गरेका छौं, जुन नेपालको सबैभन्दा ठूलो नेटवर्क हो । यो ईभी स्वामित्वलाई निर्बाध र सुविधाजनक बनाउने एमएडब्लू वृद्धिको प्रतिबद्धताकै एक हिस्सा हो,’ अग्रवालले भने, ‘सवारी साधनप्रतिको विश्वास र सकारात्मक प्रतिक्रियाको लागि ग्राहकहरूप्रति आभारी छ ।’

डीपल एस जेरो सेभेन एलले १६० किलोवाट रियर-ह्वील ड्राइभ मोटरको साथमा ईभी बजारमा नयाँ बेन्चमार्क सेट गर्ने दाबी गरिएको छ । जुन ७९.९ किलोवाट आवरको बलियो ब्याट्री प्याकसँग जोडिएको छ । सिंगल चार्जमा ४८५ किमी रेन्ज दिन्छ ।  

फ्रेमलेस ढोका, २० इन्चको अलोय ह्वील, १५.६ इन्चको टचस्क्रिन, अगमेन्टेड रियालिटी हेड-अप डिस्प्ले, जेस्चर कन्ट्रोल, वेलकम सिट, एडास २.५ र अन्य धेरै फिचरहरु समावेश छन् ।

एमएडब्लू वृद्धिले १५ दिनको लागि. ८१.९९ लाख रुपैयाँको सुरुवाती मुल्य तोकेको छ ।  यस अवधि पछि मूल्य बढेर ८४.९९ लाख रुपैयाँ हुनेछ ।

डीपल एस जेरो सेभेन एलको सुरुवातको अवसरमा एमएडब्लू वृद्धिले माघ ५ देखि १२ गतेसम्म शोरूममा टेस्ट ड्राइभ अभियान सुरु गर्दैछ ।


क्लिकमान्डु