आज एकैदिन तोलामा १२ सय रुपैयाँले बढ्यो सुन, कति पुग्यो मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुन तोलाको १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो ।
बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।