नेपाल माइक्रो इन्स्योरेन्सको ठूला मालिक दिपक भट्ट, शेखर गोल्छादेखि रहिशा शाहसम्म: मिल्दैन विवरण
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले माघ ८ गतेदेखि रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गर्ने भएको छ । विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेको छ ।
साधारण सेयर निष्कसन गर्न लागेको कम्पनीको अध्यक्षमा आशिष श्रेष्ठ रहेका छन् । उनी लियोन मोटर्स प्रालिका प्रतिनिधि हुन् । कम्पनीमा लियोन मोटर्सको ८५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।
कम्पनीको सञ्चालकमा सिद्वान्त झुनझुनवाला रहेका छन् । उनी (विजवल्र्ड एडभाईजरी प्रालिका प्रतिनिधि हुन् । उक्त कम्पनीमा विजवल्र्डको ७५ हजार कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै सञ्चालक लतिका गोल्यानको कम्पनीमा ५० हजार कित्ता स्वामित्व छ ।
उक्त कम्पनीका आधारभूत सेयरधनीमा सबैभन्दा ठूलो स्वामित्व दिपक भट्टको रहेको छ । कम्पनीमा दिपक भट्टको ११ लाख २५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै प्रेम गुरुङ एण्ड ग्रुप प्रालिको १ लाख २५ हजार कित्ता, रहिशा शाह श्रेष्ठको ३ लाख कित्ता, सेन्ट्रम क्यापिटलको ११ लाख २५ हजार, हुलास अटोक्राफ्ट प्रालिको ३ लाख कित्ता, शुभम दुगडको ३ लाख कित्ता, सारथी क्यापिटलको ५ लाख ६२ हजार कित्ता, प्रिन्टसेल इमेजिङ प्रालिको १ लाख १० हजार कित्ता सेयर स्वामित्व छ ।
यस्तै लिला अग्रवालको १ लाख कित्ता, सुलोचना अग्रवालको १ लाख कित्ता, लियोन मोटर्स प्रालिको ८५ हजार कित्ता, साक्षी बंसल (गुप्ता)को ७५ हजार कित्ता, आशाक गुुप्ताको ७५ हजार कित्ता, लतिका गोल्याण्डको ७५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।
एकै व्यक्तिको फरक स्वामित्व
कम्पनीले प्रकाशित गरेको विवरणमा संञ्चालक तथा आधारभूत सेयरधनीमा लतिका गोल्याणको उमेर ४१ वर्ष, सेयर स्वामित्व ७५ हजार कित्ता, शैक्षिक योग्यता स्नातक अनुभव मेडइन नेपाल प्रालिमा ३ वर्षको अध्यक्ष पदको कार्य अनुभव राखेको छ । ठेगानामा काठमाडौं मात्रै राखिएको छ ।
यस्तै सोही नामको व्यक्ति कम्पनीमा सञ्चालक रहेकी छिन् । काठमाडौं १० की लतिका गोल्याण रहेकी छिन् । उनको उमेर ४१ वर्ष सेयर स्वामित्व ५० हजार कित्ता, शैक्षिक योग्यता स्नातकोत्तर रहेको छ भने अन्य व्यवसायमा लेकाली नेपाल प्रालि–एमडि एण्ड संस्थापक सन् २००९ सालदेखी कार्यरत र मेडइन नेपाल प्रालि-एमडि एण्ड संस्थापक सन् २०१९ सालदेखी कार्यरत रहेको उल्लेख छ ।
सञ्चालकमा भएको लतिका र आधारभूत सेयरधनी लतिकाको सेयर स्वामित्व २५ हजार कित्ता फरक परेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रोका आधारभूत सेयरधनी एकै
नेपाल माइक्रोमा दिपक भट्टको ११ लाख २५ हजार कित्ता सेयर स्वामित्व रहेको छ भने गार्डियनमा पनि ११ लाख २५ हजार कित्ता सेयर स्वामित्व छ । गार्डियनमा राज बहादुर शाहको ३ लाख कित्ता सेयर स्वामित्व छ । नेपाल माइक्रोमा उनको श्रीमती रहिशा शाह श्रेष्ठको ३ लाख कित्ता सेयर स्वामित्व छ ।
यस्तै दुबै कम्पनीमा हुलास अटोक्राफ्ट प्रालिको ३/३ लाख कित्ता सेयर स्वामित्व छ । हुलास अटोक्राफ्ट प्रालिको सञ्चालकमा शेखर गोल्छा रहेका छन् ।
यस्तै दुबै कम्पनीमा शुभम दुगडको ३/३ लाख कित्ता सेयर स्वामित्व छ । यस्तै प्रिन्टसेल इमेजिंग प्रालिको पनि दुवै कम्पनीमा क्रमशः १ लाख १० हजार, १ लाख १० हजार कित्ता सेयर स्वामित्व छ ।
यस्तै लिला अग्रवालको दुवै कम्पनीमा १/१ लाख कित्ता, सुलोचना अग्रवालको दुवै कम्पनीमा १/१ लाख कित्ता, लियोन मोटर्स प्रालिको दुवै कम्पनीमा ८५/८५ हजार कित्ता स्वामित्व छ । दुबै कम्पनीमा लियोनले आशिष श्रेष्ठ प्रतिनिधि रहेको जनाएको छ । श्रेष्ठ नेपाल माइक्रोमा भने अध्यक्ष रहेका छन् ।
यस्तै साक्षी बंसल (गुप्ता) को दुवै कम्पनीमा ७५/७५ हजार कित्ता सेयर स्वामित्व छ । विजवल्र्ड एडवाइजरि प्रालिको तर्फबाट प्रतिनिधि रहेका नेपाल माइक्रोका सञ्चालकमा सिद्धान्त झुनझुनवाला रहेका छन् । यो कम्पनीको गार्डियनमा ३० हजार र नेपाल माइक्रोमा ७० हजार कित्ता स्वामित्व छ ।
आकांश गुप्ताको पनि दुबै कम्पनीमा ७५/७५ हजार कित्ता र गार्डिनमा लतिक गोल्याणको ७५ हजार कित्ता सेयर स्वामित्व रहेको छ । लतिका गोल्याण्ड नेपाल माइक्रोकी सञ्चालक पनि हुन् ।
फरक कम्पनीमा आधारभूम सेयरधनीको उमेर फरक
दुवै कम्पनीका एकै व्यक्तिको लगानी छ । दुबै कम्पनीका आधारभूत सेयरधनीको उमेर भने फरक फरक रहेको छ । गार्डिनमा आधारभूत सेयरधनी लिला अग्रवालको स्वामित्व १ लाख कित्ता रहेको छ । यो कम्पनीमा उनको उमेर ४१ वर्ष रहेको छ । ठेगाना पर्सा जिल्ला, बीरगञ्ज महानगरपालिका-५ रहेको छ । अनुवमा जगदम्बा स्टिलस लिमिटेडमा करिब १० बर्ष सम्मको सञ्चालकको कार्य अनुभव रहेको छ । शैक्षिक योग्यता स्नातक रहेको छ ।
यता नेपाल माइक्रोमा रहेका आधारभूत सेयरधनीमा रहेकी लिला अग्रवालको उमेर ५७ वर्ष राखिएको छ । बाँकी विवरण गार्डियनको आधारभूत सेयरधनीमा रहेकी लिलासँग सबै मिल्छ ।
लिलाको मात्रै होइन दुबै कम्पनीमा १/१ लाख सेयर स्वामित्व रहेका सुलोचना अग्रवालको पनि उमेर मिल्दैन । नेपाल माइक्रोमा उनको उमेर ६७ रहेको छ भने गार्डियनमा ४५ वर्ष रहेको छ ।
दुबै कम्पनीमा उनको ठेगाना काठमाडौं महानगरपालिका-१० रहेको छ । यस्तै अनुभवमा स्टिलस लिमिटेडमा करिब १० बर्ष सम्मको सञ्चालकको कार्य अनुभव रहेको छ । शैक्षिक योग्यता स्नातक रहेको छ । लिला र सुलोचना दुबै जगदम्बा स्टिलस लिमिटेडमाका सञ्चालक रहेको पाइएको छ ।