कृषि अनुदान अनियमितता सम्बन्धी विवरण आज सार्वजनिक हुँदै



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ ।

सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलन मार्फत मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।

मन्त्रालयले यसअघि विभिन्न शिर्षकमा प्रदान गरिएको अनुदान रकमको सदुपयोग र दुरुपयोग भएको बिषयमा विवरण सार्वजनिक गर्न लागेको हो ।

कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले पद बहालि गरेका दिन मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको कृषि अनुदान विवरण सार्वजानिक गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले भने, ‘गरिव, विपन्न किसानले कृषि अनुदान प्राप्त सकुन् भन्ने मेरो ध्येय हो । कृषि अनुदान वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शि बनाउनु जरुरी छ । यसैका लागि मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको हो । ‘


क्लिकमान्डु