३१ करोड ३८ लाख रुपैयाँ बक्यौता तिरेपछि सुविसुको इजाजतपत्र ५ वर्षलाई नवीकरण
काठमाडौं । ३१ करोड ३८ लाख ३१ हजार २०५ रुपैयाँ बक्यौता तिरेपछि सुविसुको इन्टरनेट सेवा प्रदायक (आइएसपी)को इजाजतपत्र आगामी ५ वर्षका लागि नवीकरण भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडलेका अनुसार सुविसुले १७ करोड ४८ लाख ५१ हजार ६१५ रोयल्टी र १३ करोड ८९ mाख ७९ हजार ५९० रुपैयाँ ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) वापतको शुल्क तिरेका कारण यो सेवाप्रदायकको आज पुस २५ देखि लागू हुने गरी पाँच वर्षका लागि इजाजत्रपत नवीकरण भएको छ ।
इन्टरनेट सेवाप्रदायकले पछिल्लो समय बक्यौता रकम नतिरेकै कारण नियामक निकाय दूूरसञ्चार प्राधिकरणले विदेशी मुद्रा सटहीको सुविधासहितको सुविधा रोकेको छ ।
यस अघि वर्ल्डलिंकले पनि २ अर्ब १५ करोड तिरेर २५ वर्ष दूरसञ्चार सेवाको इजाजतपत्रको नवीकरण गराएको हो । पछिल्लोसमय सुविसुको पनि इजाजतपत्र नवीकरण गराउनुपर्ने बेला भएकोले यसले पनि बक्यौता चुक्ता गरेर इजाजतपत्र ५ वर्षका लागि नवीकरण गराएको प्राधिकरणको भनाइ छ ।