गगन थापामाथि बम प्रहार, थापासहित घाइते अस्पताल भर्ना



काठमाडौं । गगन थापामाथि बम प्रहार भएको छ । चुनाबी प्रचारका क्रममा रहेका नेपाली कांग्रेसका क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेद्वार थापामाथि काठमाडौंको चपलीमा बम प्रहार भएको हो ।

अज्ञात समूहको बम प्रहारबाट उम्मेद्वार थापासहित १२ जना घाइते भएका छन् । थापासहित घाइतेहरुलाई उपचारका लागि टिचिङ अस्पताल ल्याइएको छ । साढे १२ बजेतिर बम हानिएको थापाका सहयोगीले जानकारी दिए ।

घरदैलोमा हिँडिरहेका बेला थापामाथि बम प्रहार भएको हो । थापाको ढाड र कानमा बमको छर्राले भेट्टाएको छ । थापाका सहयोगीहरु भने गंभिर घाइते भएका छन् ।

‘घरदैलोमा हिँडिरहेका बेला एक्कासी बम प्रहार भयो, दाई केही छिटो हिँड्नु भएकाले कान र ढाडमा बमको छर्राले भट्यो,’ थापाका सहयोगी सविनबाबु मुडबरीले क्लिकमाण्डूसँग भने, ‘हतारहतार घाइते सबैलाई गाडीमा हालेर टिचिङ अस्पताल ल्याएका छौं । गगन दाईको अवस्था सामान्य नै छ ।’


पुष्प दुलाल