सगुनको सेयर किन्न ७२ घन्टा समय थपियो



काठमाडौं । सामाजिक सञ्जाल सगुनले निष्कासन गरेको सेयर किन्न ७२ घन्टा समय थप गरेको छ ।

दोश्रो चरणको सेयर बिक्री म्याद अमेरिकाको न्यूयोर्क समयअनुसार नोभेम्बर ३० तारिख मध्यरातमा सकिने समय सिमा तोकिए पनि विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरुको चाप तथा बिभिन्न देशहरुमा बैक ट्रान्सफरमा देखिएको समस्याका कारण सेयर खरिदको समय ७२ घण्टा थप गरेको सगुनले जनाएको छ ।

अव अमेरिकी न्यूयोर्क समय अनुसार डिसेम्बर ३ तारिकको मध्यरातसम्म लगानी खुल्ला रहने छ ।

लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरु सेयर किन्न आएको सगुनले जनाएको छ।

‘अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन, केही देशहरुमा वायर ट्रान्सफर देखिएको समस्या र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएका कारण हाल खुल्ला रहेको शेयर बिक्री अवधीलाई ७२ घण्टाका लागि थप गरिएको जानकारी गराउन चाहन्छौं,’ सगुनद्वारा जारी विञप्तीमा भनिएको छ ।

सगुनले अमेरिकी कानुन जब्स एक्ट २०१२ अन्तर्गत दोस्रो चरण अन्तर्गत मिनी आइपिओ जारी गरेको हो ।

अष्ट्रेलिया, भारत लगायतका कतिपय देशहरुबाट बैंकिङ कारोबारमा समस्या आएको कारण त्यहाँको समस्या समाधान गर्न र हाम्रा लगानीकर्तालाई सहज वातावरण बनाउन थपिएको यो समय प्रर्याप्त कम्पनीको विश्वास छ ।

थपिएको समय अनुसार अब डिसेम्बर ३ तारिख मध्यरात (न्युयोर्क समय) सम्म म्याद रहनेछ । सगुनको वेभसाइट https://www.sagoon.com/invest मा उपलब्ध फाराम भरेर लगानी प्रकृया पूरा गर्नुहुन अनुरोध गर्दै अब समय थप नगर्ने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल