ऋण तिर्न जाँदा सिद्धार्थ बैंकले जग्गा लिलामीमा चढाइसकेको थाहा पाएपछि…



काठमाडौं । जनकपुरमा एक ऋणी ऋण तिर्न जाँदा बैंकले आफ्नो जग्गा लिलामीमा चढाइसकेको थाहा पाएका छन् । जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंकको शाखा कार्यालयबाट ऋण लिएका दिनेश राय कुर्मीले ३५ लाख रुपैयाँ ऋण लिएकामा बैंकले कर्जा नियमित नभएको भन्दै लिलामीको सूचना निकालेको हो ।

बिहीबार कर्जाको सावाँ ब्याज चुक्ता गर्न भनेर बैंकमा पुग्दा आफ्नो जग्गा विक्रीमा राखिएको थाहा पाए ।

कुर्मीले स्थानीय जनकपुर उद्योग वाणिज्य संघको सहयोगमा प्रदर्शन गरे । भीडले उग्ररुप लिएपछि प्रहरीले बैंकका शाखा प्रबन्धक अर्ण बलम्पाकी र ऋण अधिकृतलाई सुरक्षा दिनुपरेको थियो ।

कुर्मीले आफूले ऋणको ब्याज समयमै तिर्दै आएको बताएका छन् । उनले ऋण चुक्ता गर्ने भने पनि शाखाका दुई जना मिलेर जग्गा हडप्न खोजेको आरोप लगाएका छन् ।

पुरै ऋण तिर्न १ हप्ता समय मागेका शाखा प्रबन्धकले जग्गा अर्कैको नाममा पास गरिदिएको उनले बताएका छन् ।

यता भीडले उग्ररुप लिएपछि बैंकका दुई कर्मचारीलाई सुरक्षाका हिसाबले जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय धुनषाका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले ऋणको कारण बैंकमा विवाद भएको र दुईजनालाई सुरक्षा दिँदै प्रहरी कार्यालय ल्याइएको जानकारी दिए ।

क्लिकमान्डुसँगको कुराकानीमा उनले भने, ‘एक जना ऋणीले ऋण तिर्छु भन्दै बैंक जानु भएको रहेछ । तर, उहाँको जग्गा लिलामीको सूचना निकालिएको रहेछ । स्थिति तनावमा रहेको पाएपछि सुरक्षाको दृष्टिले उहाँहरुलाई ल्याएका हौं ।


क्लिकमान्डु