ह्वाट्सएप र गुगल प्ले माथि लगाएको प्रतिबन्ध इरानले हटायो
एजेन्सी । इरानले ह्वाट्सएप र गुगल प्ले माथि लगाएको प्रतिबन्ध हटाएको छ । इरानकाले मेटाको मेटा ओ, ह्वाट्सएपको गुगल ओको इन्टरनेट प्रतिब फिर्ता लिएको हो ।
रोयटर्सका अनुसार इस्लामिक राज्यमा इन्टरनेट पहुँचमा केही कडा नियम छन् । ‘ह्वाट्सएप र गुगल प्ले जस्ता केही लोकप्रिय विदेशी सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाउने सहमती भएको छ,’ इरानको आधिकारिक इरान समाचार एजेन्सीले राष्ट्रपति मसुद पेजेस्कियानको नेतृत्वमा भएको बैठकलाई उल्लेख गर्दै लेखेको छ ।
इरानका सूचना तथा सञ्चार प्रविधि मन्त्री सत्तार हाशेमीले सामाजिक सञ्जाललाई इन्टरनेटको पहुँचबाट हटाउन लागेको यो पहिलो सकरात्मक कदम भएको बताएका छन् । इरानमा सरकार विरोधी प्रदर्शनमा सामाजिक सञ्जालको व्यापक प्रयोग भएका कारण प्रतिबन्ध लगाएको थियो ।