शिवम सिमेन्टको लाभांश घोषणा, बुक क्लोज कहिले ?


काठमाडौं । शिवम सिमेन्ट कम्पनीले सेयरधनीको लागि लाभांश घोषणा गरेको छ ।

मंसिर २७ गते बसेको कम्पनीको बैठकले सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांंश दिने भएको छ ।

यो प्रस्ताव कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयधरनीले तोकेको लाभांश पाउनेछन् ।