प्रतितोला २२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ मूल्य कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।


क्लिकमान्डु