एनपीएल क्रिकेट: स्टारहरू माथि लागेको थियो लाखलाखको बोली, कुन खेलाडीको मूल्य कति ?

१६ देशका खेलाडी मैदानमा

19k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ । छैटौं दिनको खेल समाप्त हुँदा सम्म एनपीएल क्रिकेटप्रेमीमा मात्र होइन खेलप्रेमीमा चर्चामा छ ।

८ वटा टोलीहरुबीचको प्रतिस्पर्धाका लागि नेपाली क्रिकेट खेलाडीहरु अक्सनमाफर्त अनुबन्ध भएका थिए ।

कूल आठ टोलीले मार्की खेलाडीहरुलाई चिठ्ठामार्फत खरिद गरेका हुन् । जसमा आठवटै खेलाडीले समान २० लाख रुपैयाँ प्राप्त गरेका थिए । विदेशी खेलाडी भने टीमले आपसी सहमतिमा मूल्य निर्धारण गरेर भित्र्याएका हुन् । सबै टोलीमा गरेर ४० जना विदेशी खेलाडी एनपीएल खेल्न काठमाडौं आएका छन् ।

प्रतियोगिता रोमाञ्चक रुपमा चलिरहँदा अहिले क्रिकेट खेलेर नेपाली खेलाडीले पनि राम्रो कमाइ गर्न सक्ने भन्दै चर्चा भइरहेको छ । टोलीमा रहेका कुन खेलाडी कति मूल्यमा बिक्री भए भन्ने चासो यतिबेला छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंको सोल्टी होटेलमा अक्सनको आयोजना गरेको थियो । जसमा ग्रेड ए मा तीन, बी मा चार र सीमा तीन खेलाडी किनेका थिए ।

कुल १६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका थिए । नेपाली राष्ट्रिय टोलीमा खेलिसकेका कुल १२ जना खेलाडी १५ लाख मूल्यमा बिक्री भएका थिए । अक्सनमा अनिल शाह, गुलसन झा, लोकेश बम र रुपेश सिंह सर्वाधिक चासोको खेलाडी थिए । जसमा अनिललाई सबै टोलीले बोली लगाएका थिए । लोकेश बम, गुलसन झा र रुपेश सिंहलाई भने ७ टोलीले बोली लगाएका थिए ।

प्रतिखेलाडी १५ लाखमा बिक्री भएका १२

गुल्सन कुमार झा (कर्णाली याक्स), अनिल शाह र ललित राजवंशी (जनकपुर बोल्ट्स), सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा (लुम्बिनी लायन्स), आरिफ शेख (सुदूरपश्चिम रोयल्स), लोकेश बम र प्रतिश जि.सी (विराटनगर किङ्स), साहब आलम र भीम सार्की (काठमाडौं गुर्खाज), सागर ढकाल (सागर ढकाल)

यस्ता छन्, टिममा बिक्री भएका खेलाडीहरु

पोखरा एभेन्जर्स:

कुशल भुर्तेल (मार्की), सागर ढकाल (१५ लाख), आकाश चन्द (११ लाख ५० हजार), किरण कुमार ठंगुन्ना (१० लाख), नारायण जोशी (१० लाख), विपिन खत्री (१० लाख), दिलिप नाथ (१० लाख), तृतराज दास (५ लाख), सुनाम गौतम (५ लाख), दीनेश खरेल (२ लाख) र अमृत गुरुङ (२ लाख)

काठमाडौं गुर्खाज:

करण केसी (मार्की), साहब आलम (१५ लाख), भीम सार्की (१५ लाख), राशिद खान (१० लाख), शंकर राना (९ लाख ५० हजार), दीपेश कँडेल (५ लाख), सुमित महर्जन (५ लाख), कृष्ण कार्की (५ लाख), विवेक केसी (२ लाख), प्रतिक श्रेष्ठ (२ लाख) र राजु रिजाल (२ लाख) ।

चितवन राइनोज

कुशल मल्ल (माकी), रिजन ढकाल (१० लाख), कमलसिंह ऐरी (१० लाख), शरद भेषवाकर (१० लाख), विपिन रावल (८ लाख), सन्तोष कार्की (५ लाख), दीपेश श्रेष्ठ (५ लाख), अमरसिंह राउटेला (५ लाख), दीपक बोहरा (५ लाख), रञ्जित कुमार (३ लाख) र गौतम केसी (२ लाख) ।

विराटनगर किङ्स

सन्दीप लामिछाने (मार्की), लोकेश बम (१५ लाख), प्रतिश जि.सी (१५ लाख), बसिर अहमद (१० लाख), राजेश पुलामी मगर (५ लाख), जितेन्द्र मुखिया (५ लाख), अनिल खरेल (५ लाख), दीपक बोहरा (५ लाख), सुभाष भण्डारी (२ लाख ५० हजार), नरेन भट्ट (२ लाख) र मिर्नल गुरुङ ( २ लाख) ।

लुम्बिनी लायन्स

रोहित कुमार पौडेल (मार्की), सूर्य तामाङ (१५ लाख), विवेक यादव (१५ लाख), सन्दीप जोरा (१५ लाख), आशुतोष घिरैया ( १० लाख), तिलकराज भण्डारी (१० लाख), दुर्गेश गुप्ता (८ लाख), अर्जुन साउद (५ लाख), दीनेश अधिकारी (२ लाख ७५ हजार), अभिषेक गौतम (२ लाख) र विकास आग्री (२ लाख) ।

कर्णाली याक्स

सोमपाल कामी (मार्की), गुल्सन कुमार झा (१५ लाख), नन्दन यादव (११ लाख) मौशम ढकाल (१० लाख), अर्जुन घर्ती (१० लाख), देव खनाल (१० लाख), रित गौतम (५ लाख), भुवन कार्की ( ५ लाख) दीपेन्द्र रावत (३ लाख), दीपक डुम्रे (३ लाख) र युनिस विक्रम सिंह (२ लाख) ।

सुदूरपश्चिम रोयल्स


दीपेन्द्रसिंह ऐरी (मार्की), आरिफ शेख (१५ लाख), अभिनाश बोहरा (१२ लाख), विनोद भण्डारी (१० लाख), ईशान पाण्डे (९ लाख ५० हजार), अर्जुन कुमाल (७ लाख ५० हजार), खड्क बोहरा (५ लाख), नरेश बुढाएर (५ लाख), अमित श्रेष्ठ (३ लाख ३५ हजार) र नरेन साउद (२ लाख) ।

जनकपुर बोल्ट्स


आसिफ शेख (माकी), ललित राजवंशी (१५ लाख), अनिल कुमार साह (१५ लाख), रुपेश सिंह (१० लाख), आकाश त्रिपाठी (१० लाख), किशोर महतो (१० लाख), शुभ कंस्कार (५ लाख), शेर मल्ल (५ लाख), हेमन्त धामी (५ लाख), अरनिको प्रसाद यादव (२ लाख ५० हजार) र तुल बहादुर थापा (२ लाख)

विदेशी खेलाडीको आकर्षण

एनपीएलको नियमअनुसार पछिल्लो २ वर्ष भित्र राष्ट्रिय टिमबाट खेलिरहेका टेस्ट राष्ट्रबाट ४ जना खेलाडीले मात्र एनपीएल मा खेल्न पाउनेछन् ।

पहिलो पटक क्यानले आयोजना गरेको एनपीएलमा भारतीय व्याट्सम्यान शिखर धवन, श्रीलंकन लाइरु मिलान्था, अमेरिकी खेलाडी आन्द्रेश गौस, न्युजिल्याण्डका मार्टिन गुप्टिल, न्युजिल्यान्डका जिम्मी निशम, इंग्ल्याण्डका रवि भोपार लगायतका विदेशी खेलाडी पनि सहभागी छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले एनपीएलको पहिलो संस्करणको लागि वर्तमानमा टेस्ट राष्ट्रबाट ४ जना खेलाडी (राष्ट्रिय टोलीबाट खेलेर २ वर्ष ननाघेका) लाई मात्र एनपीएल खेल्न स्वीकृति दिएको थियो । उनीहरुलाई भित्र्याउन भने रकमको रोकबार लगाइएको थिएन ।

क्षमता र आपसी सहमतिअनुसार फ्रेन्चाइज टोलीले खेलाडी किन्न छुट थियो । भारतीय खेलाडी शिखर धवन एनपीएलका सबैभन्दा महँगा खेलाडी हुन् । उनलाई प्रतिखेलका ४० लाख नेपाली रुपैयाँमा अनुबन्धन गरिएको चर्चा भए पनि यसबारे कर्णाली एक्सले आधिकारिक उल्लेख गरेको छैन ।

हरेक टोलीले ४ विदेशी खेलाडी अनिवार्य खेलाउनु पर्ने र ६ खेलाडीसम्म अनुबन्ध गर्न पाउने एनपीएलको नियम छ ।

जारी एनपीएलमा १६ देशका खेलाडी छन् । जसमा इंग्ल्याण्डबाट सबैभन्दा धेरै ८ खेलाडी छन् । त्यस्तै अमेरिकाबाट ४, वेस्ट इन्डिज, न्युजिल्यान्ड, पाकिस्तान र स्कटल्यान्डबाट ३ जना र अफगानिस्तान, नेदरल्यान्डस तथा नामिवियाबाट २/२ जना खेलाडी रहेका छन् ।

भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, क्यानडा, युएई र हङकङबाट एक/एक जना खेलाडी अनुवन्धित भएका छन् ।