एनपीएल उद्घाटन खेलः जनकपुरले टस जित्यो, पहिले ब्याटिङ गर्दै विराटनगर

161
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्ता दिएको छ।

जनकपुरका कप्तान अनिल साहाले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।

भरीभराउ दर्शकमाझ हुन लागेको एनपिएलको उद्घाटन खेलमा दर्शकहरु ३ घण्टा अघिबाट खेल सुरु हुँदासम्म पनि मैदान प्रवेश गरिरहेका छन्।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजबाट सुरु हुन लागेको खेलको टिकट दुई दिन अघिनै ‘सोल्ड आउट’ भइसकेको जनाएको थियो। क्रिकेटको लाइभ स्टार स्पोर्ट वान एचडी सेलेक्टमा भइरहेको छ ।

जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेट किपर अनिल शाह छन् ।

उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।

विराटनगर किङ्सको मार्की खेलाडी एवं कप्तान सन्दीप लामिछाने छन् । विराटनगरका कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जीतेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभास भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् ।

विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजील्याण्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कट्ल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।