नामी ईभीको मूल्य १ लाख रुपैयाँसम्म बढ्यो, अब कुन भेरियन्टको कति पर्छ  ?



काठमाडौं । नेपाली बजारमा नामी ब्राण्डका कारहरुको मूल्य १ लाख रुपैयाँसम्मले बढेको छ ।

नामीका लागि नेपालको आधिकारिक बिक्रेता एमए डब्लुवृद्धिले २५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म मूल्य बढाएको हो ।

कम्पनीले नामी ई १ को मूल्य २५ हजार रुपैयाँ बढेको छ । अब यो कारको मूल्य ३० लाख २५ हजार रुपैयाँ पर्छ । नामी ई २ को मूलय ५० हजार रुपैयाँले बढेको छ । अब यो कारको मूल्य ३२ लाख ४९ हजार रुपैयाँ पर्छ ।

नामी ई-३ को मूल्य १ लाख रुपैयाँले बढेको छ । ग्राहकले ३५ लाख ९९ हजार रुपैयाँ पर्छ ।

नामीमा ७० किलोवाटको मोटर पावर छ । नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३१० किलोमिटर रेन्ज दिन्छ । नामीको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ ।


क्लिकमान्डु