उमेर हदका कारण शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवा निवृत्त



काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवानिवृत्त भएका छन् । बुधबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच उनलाई विदाई गरेका हुन् । २०५२ सालमा सेवाप्रवेश गरेका गेलाल ५८ वर्षे उमेर हदका कारण बुधबारबाट सेवानिवृत्त भएका छन् ।

उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहले सचिव गेलालसँगको छोटो अवधिको सहकार्य भएपनि स्मरणीय रहेको बताए । उनले गेलालको व्यवसायिक क्षमताको प्रशंसा गर्दै निवृत्त जीवन राम्रो होस भन्दै शुभकामना व्यक्त गरे। गेलालले सरकारी सेवामा २९ वर्ष ५ महिना बिताएको र  सो अवधि आफ्ना लागि स्मरणीय रहेको बताए ।

गेलाल रिटार्यड भएसँगै इन्जिनियरिङतर्फको एउटा सचिव पद रिक्त भएको छ ।


क्लिकमान्डु