राष्ट्र बैंकले बजारबाट थप १०० अर्ब रुपैयाँ खिच्दै
काठमाडौं । बजारमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ बराबरको तलरता प्रशोचन गर्ने भएको छ ।
केन्द्रीय बैंकले बुधबार बोलकबोलमार्फत् २१ दिनका लागि यति तरलता खिच्न लागेको हो ।
१ खर्ब रुपैयाँ खिच्न केन्द्रीय बैंकले निक्षेप संकलन औजार प्रयोग गर्दैछ ।
केन्द्रीय बैंकले यसअघि ८ गते ५० अर्बको निक्षेप संकलन गर्ने भने पनि ९ अर्ब ५० करोड रुपैयाँको मात्र आवेदन प्राप्त भएको थियो ।
हाल केन्द्रीय बैंकले बजारबाट डिपोजिट अक्सनमार्फत् २ खर्ब १४ अर्ब र स्थायी निक्षेप सुविधामार्फत् १ खर्ब २३ अर्ब गरी कुल ३ खर्ब ३७ अर्ब ८० करोड रुपैयाँ खिचेर राखेको छ ।