प्रसाईंलाई सर्वोच्च अदालत उपस्थित गराइयो
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । किर्ते, विद्युतीय कारोबारसहितका अभियोगमा पक्राउ परेका प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइएको हो ।
प्रसाईंको हकमा छोरा नीराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उनले बुवालाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै तत्काल रिहाका लागि अन्तरिम आदेशको माग गरेका थिए । आइतबार न्यायाधीश मनोज शर्माको एकल इजलासले सरकारलाई पक्राउको कारण र बन्दीसहित उपस्थित हुन आदेश गरेको थियो ।
प्रसाईंले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी गरेको भन्दै फर्जी कागजपत्र सार्वजनिक गरेका थिए।