आईपीओ निष्कासन गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साधारण ससेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर १९ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो । विदेशमा रहेका नेपालीले पुस ३ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ । ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।