पुस ८ गतेसम्म बनिसक्ला त १७ करोडको ग्वार्को फ्लाइओभर ? ड्रोनबाट हेर्दा यस्तो देखियो



काठमाडौं । २०७८ फागुन १२ गतेदेखि ठेक्का लागी निर्माण सुरू भएको ग्वार्को फ्लाइओभरको थपिएको म्याद पनि यही पुस ८ गते पूरा हुँदैछ।

फ्लाइओभर निर्माण कार्य २०८० फागुन ११ मा सक्नुपर्ने थियो । ९ महिना अघि नै काम सकिने भनिए पनि नसकिए पछि पुनः म्याद थप गरिएको हो ।

फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा ठेक्का लागेको हो ।

हालसम्म फ्लाइओभरको भौतिक प्रगति ९८ प्रतिशत छ भने वित्तीय प्रगति ४५.५४ प्रतिशत छ । निर्माण कार्यको ७ करोड ७७ लाख ३३ हजार ५१५ रुपैयाँ भुक्तानी भइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । ३० मिटर स्पानको ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ ।

 तस्बिरहरु: नेपाल फोटो लाईब्ररि  


क्लिकमान्डु