एशियन हाइड्रोपावर बनायो सेयरधनीको हात खाली
काठमाडौं । एशियन हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
कम्पनीले पुस २ गते बार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गर्ने जनाएको छ ।
पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।