क्यानडाबाट हिजोमात्रै फर्किएका थिए, आज होटलमा झुण्डिएको अवस्थामा भेटिए



काठमाडौं । काठमाडौंको सिनामंगलमा मृत फेला परेका श्रीमान श्रीमती रहेको खुलेको छ ।

मृत हुनेहरुमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलको चौथो तलाको बरण्डामा आइतबार बिहान साढे ७ बजे दुई जना झुण्डिएको अवस्थामा फेला परेका थिए । होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरु शनिबार मात्रै क्यानडाबाट फर्केको पाइएको प्रहरीले जनाएको छ। सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।

प्रहरीले होटलबाट दुवैको पासपोर्ट पनि फेला पारेको जनाएको छ । मृत्युको कारण खुलिसकेको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु