युनाइटेड आईडीआई मार्दी हाइड्रोले ४.२१% लाभांश दिने, १ः१ अनुपातमा हकप्रद ल्याउने



काठमाडौं । युनाइटेड आईडीआई मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले लाभांश घोषणाका साथै हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

साथै कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको जनाएको छ ।

कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश तथा हकप्रद सेयर पाउनेछन् ।


क्लिकमान्डु