टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक



काठमाडौं । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ।

बिहीबार कम्पनीले पत्रकार सम्मेलन गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो। यस नयाँ भेरिएन्टसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ रङहरुमा उपलब्ध हुनेछन्।

२.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य रु. २ लाख ९९ हजार ९०० रहेको छ।

उक्त लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने, ‘नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ।’

उक्त स्कुटरको बुकिङ आजदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौँ उपत्यकाका टिभिएसका ४० वटा आधिकारिक डिलरहरूमा उपलब्ध भएको छ।

कम्पनीका अनुसार यसको ब्याट्री क्षमता ९५० वाटको रहेको छ भने फास्ट चार्जिङबाट २ घण्टामा चार्ज हुनेछ। यसमा ५ इन्चको रंगीन टिएफटी स्क्रीन रहेको छ। यसको प्रतिघण्टाको टप स्पीड ७५ कि.मी रहेको छ।

सवारी दुर्घटना तथा टो अलर्ट, टर्न–बाइ–टर्न नेभिगेशन, डिस्ट्यान्स टु एम्प्टी र ३० लिटरको अन्डर सीट स्टोरेज पनि यसका अन्य विशेषताहरुको रुपमा रहेका छन्।


क्लिकमान्डु