अस्तव्यस्त काठमाडौं, जताततै जाम (तस्बिरहरु)



काठमाडौं । सत्तारूढ नेकपा एमालले दरबार मार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

दरवारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्न थालेको एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । अहिले काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ ।

ट्राफिक प्रहरीले विभिन्न पक्षले काठमाडौंका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेको भन्दै वैकल्पिक रुट प्रयोग गर्न सवारी प्रयोगकर्तालाई आग्रह गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको जनाएको छ ।

सहकारी पीडितहरुले माइतीघरमा प्रदर्शनको तयारी गरेका छन् । जसका कारण उक्त क्षेत्रको सवारी पनि प्रभावित हुने छ । यसैगरी दुर्गा प्रसाईं समर्थकहरुले पनि आज कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

तस्बिरहरु


क्लिकमान्डु