कृषिलाई व्यवसायिक बनाउने गरि कृषि विकास रणनीति परिमार्जन गर्नुपर्छ : कृषिमन्त्री अधिकारी



काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको वताएका छन ।

मुलुक संघीयतामा जानू अघि लागु गरिएको रणनीतिलाई संघीयता अनुकुल परिमार्जन गर्नुपर्ने अधिकारीले बताए ।

कृषि विकास रणनीति कार्यान्वयन समिक्षा र परिमार्जनका लागि बिहिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जिबिकोपार्जनका लागि कृषि कर्म गर्नेहरुलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्ने गरि कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेको जानकारी दिए ।

मन्त्री अधिकारीले संघीयता लागू भैसकेपछि कृषिको प्राबिधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा राखिएपनि किसानले समयमा आवश्यक सुविधा नपाएका कारण कृषि क्षेत्रफले फड्को मार्न नसकेको उनले बताए ।

कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि उक्त बजेटको अधिकाँश हिस्सा अनुदान र मल खरीदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप वजेट आवश्यक रहेको अधिकारीले बताए ।

२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरु बिच छलफल गरि सुझाव लिइएको छ । पूर्वसचिब गणेशराज जोशीको सयोजकत्वमा रणनीति परिमार्जनका लागि बिज्ञ समुहले कार्य गरेको छ ।


क्लिकमान्डु