किर्तिमानी रकममा सिद्धार्थ बैंक बन्यो एनपीएलको टाइटल स्पाेन्सर, स्टार स्पोर्टस्मा लाइभ
काठमाडौं । नेपाल प्रिमियम लिगको मुख्य प्रायोजन सिद्धार्थ बैंकले गरेको छ । नेपाली खेलकुदमै किर्तिमानी रकममा सिद्धार्थ बैंक एनपीएलको टाइटल स्पोन्सर बनेको हो ।
सिद्धार्थ बैंक ५ वर्षका लागि एनपीएलको टाइटल स्पोन्सर बन्नेछ । यससँगै एनपीएललाई अबदेखि सिद्धार्थ बैंक एनपीएल भनिनेछ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष मनोज केडिया र नेपाल क्रिकेट संघ (क्यान)का सचिवले बैंक र एनपीएलको संयुक्त लोगो सार्वजनिक गरे ।
साथै एनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्टसले गर्ने भएको छ । पछिल्लो समय चर्चित स्वदेशी र विदेशी खेलाडि अनुबन्धन भइसरहेको एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म राजधानीको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुँदैछ । एनपीएलमा ८ टिम सहभागी हुँदैछन् ।