घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

567
Shares

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा ९ सय रुपैयाँले गिरावट आएको हो । 

यस दिन चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ ।

सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ थियो ।