९४४ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भइरहेको होटेल हायत प्लेस साढे ५ करोड घाटामा, यस्तो छ कारण
काठमाडौं । करिब साढे ९ सय रुपैयाँ प्रतिकित्ताका दरले सेयर कारोबार भइरहेको होटेल हायात प्लेस घाटामा सञ्चालन भइरहेको छ । नेपाल स्टक एक्सचेन्जमा यो होटलको बुधबार प्रतिकित्ता सेयर ९४४ रुपैयाँमा कारोबार भएको छ ।
होटलले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन–असोज)मा ५ करोड ६२ लाख रुपैयाँ घाटा भएको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ । यो होटलले गत आवको सोही अवधिमा समेत ६ करोड ३ लाख रुपैयाँ घाटा खाएको थियो । यस्तो घाटा चालु आवको पहिलो त्रैमासमा करिब साढे २ करोड रुपैयाँले घटेको छ ।
यो होटलको सञ्चालन आय चालु आवको पहिलो त्रैमासमा ११ करोड २ लाख रुपैयाँ रहेको छ । यस्तो आय गत आवको सोही अवधिमा ११ करोड ५९ लाख रुपैयाँ रहेको पनि होटलले जारी गरेका विवरणमा उल्लेख छ । यो आयबाट होटलले गरेको खर्च आम्दानी भन्दा धेरै भएकोले घाटामा गएको देखाएको छ ।
होटलका लागि आवश्यक सामानमा २ करोड ८४ लाख, कर्मचारी खर्चमा २ करोड २८ लाख, ब्राण्ड सञ्चालन फिमा ३६ लाख ४८ हजार, प्रशासनिक तथा सञ्चालन खचए ३ करोड ७३ लाख, करमा भएको खर्च ९ करोड २३ लाखसहितमा भएको खर्चका कारण होटल घाटामा गएको उल्लेख छ ।