ब्याज खर्च घट्दा सिंगटी हाइड्रोको खुद नाफा दोब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११३.०५ प्रतिशतले बढी हो ।
गत वर्षको पहिलो तीन महिनामा कम्पनीले ५ करोड २८ लाख रुपैयाँ कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबापतको आम्दानी भने घटेको छ । कम्पनीले २६ करोड ३५ लाख ९३ हजारको विद्युत बिक्री गरेको छ । गत वर्षको तीन महिना २६ करोड ४३ लाखको बिक्री गरेको थियो । ब्याज खर्च घट्दा कम्पनीको नाफामा सुधार आएको हो ।
गत वर्षको पहिलो तीन महिनामा १३ करोड ९० लाख रुपैयाँ ब्याज तिरेकोमा यस वर्ष ७ करोड ९९ लाख रुपैयाँ मात्रै ब्याज तिरेको छ । यस अर्थमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८८ पैसा र नेटवर्थ प्रतिसेयर १०२ रुपैयाँ २१ पैसा कायम भएको छ ।