आज छठ पर्वको तेश्रो दिन : अस्ताउँदो सूर्यलाई अर्घ दिदैं सझियाघाट मनाइँदै
काठमाडौं । तराई मधेशका सम्पूर्ण जिल्लासहित काठमाडौं उपत्यकामा आज विधिवत् रुपमा छठ पर्वको पहिलो दिन अर्थात सझियाघाट मनाउन लागिएको छ ।
छठपर्व मनाउन तलाउ, पोखरी, नदि किनारलगायतमा सफा सुग्घर बनाएर सजाएर झकिझकाउ बनाइएको छ । आज छठको तेश्रो अर्थात् मुख्य दिन ब्रतालु निराहार बस्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।
आज साँझ नै ब्रतालुले पवित्र जलाशयमा सजाइएको घाटमा प्रसादको रुपमा तयार पारिएको विविध परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।
श्रद्धा, निष्ठा र सम्र्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँनगर बस्तीसहित राजधानीका छठ पूजा स्थल अहिले दुलही झैं सिँगारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाटहरु मनमोहक छन् । ब्रतालुले भोली शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत् रुपमा समापन हुनेछ ।