तिहारको बिदामा सबै इन्धन डिपो आलोपालो खुल्ने



काठमाडौं । नेपाल आयल निगमले तिहारको सार्वजनिक विदाको दिन पनि देशभरकै आफुना इन्धनको डिपो आलोपालो सञ्चालनमा रहने जनाएको छ ।

निगमले बुधबार बिज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको दिन डिपोबाट इन्धन वितरण गर्न कर्मचारीलाई स्टाण्डवाई राखिएको जनाएको छ । बिज्ञप्ति अनुसार कोशी प्रादेशिक कार्यालय बिराटनगरबाट १६ र १९ गते सञ्चालन हुनेछ । यस्तै मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज पनि उक्त दिन सञ्चालनमा आउनेछ ।

बागमती प्रादेशिक कार्यालय थानकोट भने १६,१७ र १९ गते, गण्डकी प्रादेशिक कार्यालय पोखरा र लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा १६ र १७ गते, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी, इन्धन डिपो महेन्द्रनगर धनुषा, शाखा कार्यालय वीरगञ्ज र शाखा कार्यालय चारआली झापा भने १६ र १९ गते सञ्चालनमा आउनेछ ।

यस्तो इन्धन डिपो नेपालगञ्ज र दाङ्ग १६ गते मात्रै सञ्चालनमा आउनेछ । उता शाखा कार्यालय दिपायल र कर्णाली प्रादेशिक कार्यालय सुर्खेत भने आवश्यकताअनुसार सञ्चालनमा आउने निगमले जनाएको छ ।


क्लिकमान्डु