फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले ९.४७ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९.४७  प्रतिशत बोनस दिने भएको छ ।

बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट बोनस दिने निर्णय गरेको हो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ छ। ९ प्रतिशतका दरले ११ करोड १० लाख ४४ हजार ४२१ रुपैयाँ  र नगद लाभांश ०.४७ प्रतिशतले हुने नगद लाभांश (कर प्रयोजनका लागि ) ५८ लाख ४४ हजार रुपैयाँ छुट्याएको छ ।

संस्थाले ११ करोड ६८ ख ८८ हजार ८६२ रुपैयाँको बोनस सेयर दिन लागेको हो ।

नेपाल राष्ट्र बैकले स्वीकृति दिएपछि आगामी साधरणसभाले प्रस्ताव पारित गरेपछि सेयरधनीहरुले बोनस सेयर पाउनेछन् ।


क्लिकमान्डु